भदौ २६ देखि भृकुटी मण्डपमा ‘नाडा अटो सो’ हुँदै
काठमाडौं । भृकुटी मण्डपमा ‘नाडा अटो सो २०१८’ हुने भएको छ । नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपाल एवं ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेजको संयुक्त आयोजनामा भदौ २६ गतेदेखि ३१ गतेसम्म नाडा अटो सो हुन लागेको हो ।
दुई दशक लामो यात्रालाई निरन्तरता दिदै आएको नाडाले आफ्नो १३ औं संस्करणको नाडा सो गर्न लागेको हो । नाडा अटो सो २०१८ को मुख्य प्रायोजक सर्भो वल्र्ड क्लास लुब्रिकेन्टस् रहेको छ ।
सवारी साधन तथा अटो कम्पोनेन्ट्स सम्बन्धी सम्पूर्ण जानकारी एकै थलोमा उपलब्ध गराई, नेपाली अटोमोबाईल क्षेत्रमा भइरहेको आधुनिक एवं प्राविधिक विकासको प्रचार-प्रसार र प्रबद्र्घन गर्नु नाडा अटो शोको मुख्य उद्देश्य रहेको प्रेस विज्ञप्तीमा जनाइएको छ ।
साथै नाडा सो २०१८ ले सवारी साधनको महत्व र उपयोगिताबारे व्यापक जानकारी गराउनका साथै ड्राईभिङ्, ट्राफिक नियमको पालना एवं सडक सुरक्षा सम्बन्धी व्यापक जन चेतनाको अभिवृद्घि नाडाले जनाएको छ ।
यस वर्ष ४-पाङ्ग्रे, २-पाङ्ग्रे, र अटो कम्पोनेन्टस्को अत्याधिक मागलाई ध्यानमा राखी तीनवटा ह्याङ्गर राखिएका छन् तर ठाउँ अभावले गर्दा हेभी कमर्शियल गाडीहरु प्रदर्शनमा नराखिएको जनाईएको छ ।
भृकुटी मण्डप ‘नाडा अटो सो २०१८’