अर्थ शेयर

अर्ब बढीको शेयर सूचीकृत

अर्ब बढीको शेयर सूचीकृत

काठमाडौं । धितोपत्र बजारमा विभिन्न पाँच कम्पनीको एक करोड ७० लाख तीन हजार ८३ कित्ता शेयर सूचीकृत भएको छ । ती शेयरको मूल्य एक अर्ब ७० करोड बराबरको रहेको छ । 

 

नेपाल स्टक एक्सचेञ्जका अनुसार सिटिजन बैँक इन्टरनेशनलको चार लाख ६३ हजार ८ सय २६ कित्ता शेयर थप सार्वजनिक निस्काशन, सूर्य लाइफ इन्स्योरेन्सको २८ लाख ८७ हजार ५ सय हकप्रद शेयर सूचीकृत भएको छ । 

 

यस्तै कुमारी बैँक लिमिटेडको एक करोड १९ लाख ३८ हजार ९ सय ९१ कित्ता हकप्रद शेयर तथा युनाइटेड फाइनान्स कम्पनीको १२ लाख ७८ हजार १ सय ३९ कित्ता बोनस शेयर र मञ्जुश्री फाइनान्स लिमिटेडको चार लाख ३४ हजार ६ सय २७ कित्ता बोनस शेयर सूचीकृत भएको छ । 

नेपाल स्टक एक्सचेञ्ज धितोपत्र बजार

विशेष