अर्थ शेयर

एक शातामा तीन अर्ब बढीको शेयर कारोवार

एक शातामा तीन अर्ब बढीको शेयर कारोवार

काठमाडौं । धितोपत्र बजारमा यस साता तीन अर्ब ३० करोड ८१ लाख ५६ हजार रुपैयाँ मूल्य बराबरको शेयर कारोवार भएको छ । 

 

कूल १८९ कम्पनीको एक करोड ६७ लाख ७२ हजार २४० कित्ता शेयर खरीद बिक्री भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । कारोवार रकम गत साताको भन्दा २६ दशमलव शुन्य दुई प्रतिशतले बढी हो । 

 

 

गत साता १८९ कम्पनीको ९० लाख ७० हजार ७७० कित्ता शेयर रु दुई अर्ब ६२ करोड ५० लाख १४ हजार बराबरको शेयर खरीद बिक्री भएको थियो । 

 

 

यस साता कारोवार रकमका आधारमा प्रभु बैंक लिमिटेड अग्रस्थानमा छ । सो बैंकको रु २३ करोड ३६ लाख १० हजार बराबरको शेयर कारोबार भएको थियो ।

 

 

त्यसैगरी कारोबार भएको सेयर सङ्ख्याका आधारमा क्यपिटल मर्चेन्ट बैंक एन्ड फाइनान्स कम्पनी लिमिटेड संस्थापक अग्रस्थानमा छ । सो क्यापिटलको ३० लाख ८५ हजार कित्ता शेयर कारोवार भयो । 

 

 

यस साता नेपाल स्टक एक्सचेन्जको कारोवार कक्ष नियमित कारोवारका लागि चार दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोवार भएन । 

धितोपत्र बजार शेयर कारोवार

विशेष