अपराध सुरक्षा

बम्जनको आश्रमबाट दुई जना प्रहरी नियन्त्रणमा

बम्जनको आश्रमबाट दुई जना प्रहरी नियन्त्रणमा

सिन्धुली । पाँच जानलाई बेपत्ता पारेको आरोप लागेका लिटिल बुद्ध दाबी गर्ने रामबहादुर बम्जनको सिन्धुलीस्थित आश्रमबाट दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आश्रमका महात्मा गुरु भनिने सर्लाहीका गोपाल योञ्जन र मकवानपुरका इन्द्रबहादुर स्याङतानलाई जिल्ला प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको हो ।

 

बम्जन आश्रमबाट बेपत्ता भएका भनिएका व्यक्तिहरुको खोजीका क्रममा सिन्धुली प्रहरीले सोधपुछका लागि भन्दै कमलामाई नगरपालिका ८ पैरेस्थित आश्रमबाट उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूलाई सामान्य सोधपुछका लागि नियन्त्रणमा लिएको प्रहरीले पुष्टि गरेको भए पनि विस्तृत विवरण प्रहरीले खुलाएका छैन। ‘हामीले केही सोधपुछका लागि मात्रै ल्याएका हौ,’ जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी रामेश्वरप्रसाद यादवले भने ।

 

सिन्धुलीस्थित बम्जन आश्रममा सिन्धुपाल्चोकका जिल्ला प्रहरी कार्यालयका डिएसपी विमल कडेलको नेतृत्वको टोलीले बुधबारदेखि अनुसन्धान गरिरहेको छ । उनलाई आनीमाथि यौन दुर्व्यवहार, अनुवायी बेपत्ता पारेको आरोप उनीहरूका आफन्तले लगाएका छन् । 

रामबहादुर बम्जन

विशेष