कुमारी बैंकका लगानिकर्ताको लागि खुशीको खबर, बैंकले बाड्ने भो ८.५ प्रतिशत बोनस शेयर
काठमाण्डौ । कुमारी बैंक लिमीटेडले आर्थिक वर्ष २०७४/७५ को वितरणयोग्य मुनाफाबाट लगानीकतालाई ८.५ प्रतिशत बोनस सेयर वितरणको घोषणा गरेको छ ।
बुधबार साझ बसेको बैंक संचालक समितिको बैठकले हालको चुक्तापूँजी ७ अर्ब १६ करोडको ८.५ प्रतिशतले हुन आउने ६० करोड ८८ लाख बढीको बोनस सेयर वितरणको निर्णय गरेको हो ।
घोषित बोनस सेयर भने, नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि कम्पनीको वार्षिक साधारणसभाबाट पारित गरेर वितरण गरिने बैंकले जनाएको छ ।
बैंकले चारवटा वित्तीय संस्थालाई आफूमा गाभेका कारण २ वर्षभित्र गाभिएको अवस्थामा कायम रहेका सेयरधनीहरुलाई वितरण गरेको लाभांशमा कर नलाग्ने भएकोले घोषित बोनस सेयरमा कुनै कर लाग्ने छैन ।
एक महिनाअघि कुमारी बैंक लिमीटेडले आर्थिक वर्ष २०७३/७४ का लागि १२.७५ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको थियो ।
जसबाट ९१ करोड ३२ लाख बराबरको बोनस सेयर थपिने छ । यसले आर्थिक वर्ष २०७३/७४ र २०७४/७५ को बोनस सेयर वितरणपछि कुमारी बैंकको चुक्तापूँजी बढेर ८ अर्ब ६८ करोड भन्दा माथि पुग्नेछ।
कुमारी बैंक