कामना सेवा र जनरल इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड र जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडबीच बैंकान्स्योरेन्स सम्झौता भएको छ । आज राजधानीमा पत्रकार सम्मेलन बैंक र इन्स्योरेन्सबीच बैंकासुरेन्सस सम्झौता भएको घोषणा गरिएको हो ।
ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको कामना सेवा विकास बैंकले सम्झौताअनुसार अब यस बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको ६२ वटै शाखाहरुबाट सहज रुपमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको निर्जीबन बीमा पोलिसिहरु खरिदगर्न सक्ने बताएको छ ।
बैंक र इन्स्योरेन्सबीचको सम्झौतासँगै अब बैंकको व्यावसाय प्रवर्धनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्दै यसले सेवा ग्राहीहरु पनि लावाविन्तहुने बैंकले जनाएको छ ।
सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट कामु प्रमुखकार्यकारी अधिकृत प्रविण वस्नेत र जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको तर्फबाट महाप्रबन्धक एस.के. टमोटले हस्ताक्षर गरेका थिए ।
हाल यस बैंकले देशभरी आफ्ना ६२ वटा शाखा तथा १७ वटा एटियममार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदानगर्दै आएको छ ।
कामना सेवा विकास बैंक लिमिटेड