अर्थ शेयर बैंकिङ

कृषि विकास बैंकद्धारा सेयरधनीलाई आकर्षण लाभांश घोषण

कृषि विकास बैंकद्धारा सेयरधनीलाई आकर्षण लाभांश घोषण

काठमाण्डौ । कृषि विकास बैंकले साधारण सेयरधनीलाई २१.०५३ प्रतिशतको आकर्षण लाभांशत वितरणको घोषणा गरेको छ । 

शुक्रबार बिहान बसेको बैंकको संचालक समितिको ७२८ औं बैठकले आर्थिक वर्ष ०७४/७५ को वितरणयोग्य सञ्चित मुनाफाबाट बैंकमा कायम रहेको साधारण चुक्तापूँजीमा १५.०५३ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस सेयर प्रदान गर्ने निर्णय गरेको हो ।


बैंकले नेपाल सरकारको हाल कायम रहेको फिर्ता नहुने अग्राधिकार सेयरपूँजीमा समेत वार्षिक ६ प्रतिशतले हुने नगद लाभांश रकम समेत प्रदान गर्ने निर्णय गरेको छ ।

 

यो निर्णय नियामक नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउने बैंले जनाएको छ।

 

बैंकदारा घोषित ६ प्रतिशत साधारण सेयरतर्फको बोनस सेयर वितरणपछि कम्पनीको साधारण चुक्तापूँजी बढेर ९ अर्ब १ करोड पुग्ने छ । जसमा हाल बैंकको अग्राधिकार सेयर ५ अर्ब ४३ करोड रहेको छ ।

कृषि विकास बैंक

विशेष