आगामी माघ ६ देखि किसान माइक्रोफाइनान्सको सेयर बिक्री खुल्ला हुँदै
काठमाण्डौ । किसान माइक्रोफाइनान्स वित्तीय संस्था लिमीटेडको बाँकी रहेको हकप्रद सेयर निश्कासन गर्ने भएको छ । माइक्रोफाइनान्सले गत मंसिर २ गतेदेखि पुस ८ गतेसम्म खोलेको हदप्रद सेयरबाट बाँकी रहेको कुल ४२८० कित्ता सेयर पुनः विक्रि गर्ने भएको हो ।
यस अघि विक्रिबाट सस्थापकको १८३ र सर्वसाधारणबाट ४०९७ कित्ता सेयर नबिकेर बाँकी रहेको थियो । सो हकप्रद सेयर आगामी माघ ६ गतेदेखि सर्वसाधारणका लागि खुल्ने भएको छ । ईच्छुक सेयर खरिदकर्ताहरुले यहि माघ १३ गतेभित्र आवेदन दिइसक्नुपर्ने कम्पनीले बताएको छ ।
लिलामीमा सहभागी हुन चाहनेले प्रतिकित्ता न्यूनतम रु. १०० रुपैयाँको बोली लगाउनुपर्नेछ । सर्वसाधारण समूहतर्फ न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।
सर्वसाधारण लगानीकर्ताले सर्वसाधारण समूहतर्फको सेयर लिलामीमा बोलपत्र पेश गर्न सक्नेछन् भने संस्थापक समूहतर्फको सेयरमा भने कम्पनीका संस्थापककै पहिलो हक हुनेछ ।
यो कम्पनीको दोश्रो बजारमा अन्तिम बिक्री मूल्य प्रतिकित्ता ९२० रुपैयाँ रहेको छ ।