अपराध सुरक्षा

रुपन्देहीमा प्रहरीको गोली प्रहारबाट तस्करको मृत्यु, एक प्रहरी जवान घाइते

रुपन्देहीमा प्रहरीको गोली प्रहारबाट तस्करको मृत्यु, एक प्रहरी जवान घाइते

रुपन्देही । रुपन्देहीमा तस्कर र प्रहरीबीचको झडप हुँदा एक तस्करको मृत्यु भएको छ भने एक प्रहरी जवान घाइते भएका छन् ।

 

सिद्धार्थनगर नगरपालिका–१०, शंकरपुरमा गस्तीमा खटिएको प्रहरी टोलीमाथि अकस्मात गोली प्रहार भएपछि जवाफी कारबाहीमा एक तस्करको मृत्यु भएको रुपन्देही प्रहरी प्रमुख हृदय थापाले जानकारी दिए। उनका अनुसार भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका करीब ३०/३५ वर्ष उमेरका एक तस्करको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । 

 

प्रहरीले घटनास्थलबाट अटोमेटिक लोडेड पेस्तोल र तस्करले चलाएको युपी ५३ एच २० २८ नम्बरको मोटरसाइकले भेटिएको उनले बताए । मृतकको शव पोस्टमार्टमका लागि भीम अस्पताल, रुपन्देहीमा राखिएको प्रहीको भनाइ छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

रुपन्देही

विशेष