अर्थ शेयर कर्पोरेट

साताको पहिलो दिन नेप्सेमा ८.६० को गिरावट

साताको पहिलो दिन नेप्सेमा ८.६० को गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार साताको पहिलो दिन आइतबार शेयर बजारमा ८.६० ले गिरावट आएको छ । 

नेप्से ८.६० अंकले घटेर ११७९.१७ बिन्दुमा झरेको हो ।

तर अघिल्लो दिनको कारोबार रकमको तुलनामा भने यस दिनको कारोबारमा केहि सुधार भएको छ । बिहिबार जम्मा २६ करोड ७७ लाख रुपैयाँको करोबार भएको बजारमा आइतबार ३६ करोड ४५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

 

आज कुल १४३ कम्पनीका ११ लाख ५३ हजार ७३ कित्ता शेयर ३६ करोड ४५ लाख रुपैयाँमा कारोबार भयो । जसमा अपर तामाकोशीको मात्रै २३ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यो कूल कारोबारको झण्डै ६४ प्रतिशतको कारोबार हो । 

 

आज कारोबारमा आएका ११ उपसूचक मध्ये होटल्स, व्यापर, फाइनान्स समुहको सुचक बाहेक सबै ऋणात्मक देखिएको छ ।

 

आइतबार सबै भन्दा धेरै होटल्स समुहको सुचक ५.५४ अंकले बढेको छ । यस्तै ब्यापार २.८७ र फाइनान्स समुहको सुचक १.६१ अंकले सुधार भएका छन् ।

 

यस दिन निर्जीवन बीमाको सुचक सबै भन्दा धेरै ३७.६७ अंकले घटेको छ भने जीवन बीमा ३६.३४ र जलविद्युत ३६.५९ अंकले ऋणात्मक देखिएका छन् ।

 

यस्तै विकास बैंक ११.१७, माइक्रोफाइनान्स १०.५९, उत्पादन तथा प्रशोधन ५.०८, बैंकिङ्ग ५.०५ र अन्य ८.३६ अंकले ओलारो लागेका छन् ।

 

आइतबार अपर तामाकोशीको सबै भन्दा धरै रकमको कारोबार भएको छ । तामाकोशीको २३ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । यस्तै नागरिक लगानी कोषको २ करोड ८१ लााख रुपैयाँ बराबरको कारोबार भयो । छिमेक लघुवित्तको पनि १ लाख ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बाँकी कुनै कम्पनीको शेयर कारोबार रकम करोड नाघ्न सकेनन् ।

 

यस दिन सबै भन्दा धेरै नेशनल माइक्रोफाइनान्सको शेयर मुल्य ६.०९ प्रतिशतले बढेको छ । यस्तै आजको कारोबारबाट श्रीराम सुगर मिलका शेयरधनीले ४.९३ मेरो माइक्रोफाइनान्सको ३.९४, छ्याङ्दी हाइड्रोपावर ३.८८ प्रतिशतले कमाएका छन् ।

 

अधिक कारोबार भएको नागरिक लगानी कोष र अपर तामाकोशी गुमाउने कम्पनीको शिर्ष सुचिमा छ । बजार खुलेको ५ मिनेटमा सर्किट ब्रेक गरेको तामाकोशीको शेयर मुल्य ६.१० प्रतिशतले घटेको छ । आजको बजारबाट भने सबै भन्दा धेरै नागरिक लगानी कोषका लगानीकर्ताहरुले ६.३३ प्रतिशतले गुमाए ।

 

यस्तै ग्रामिण विकास लघुवित्तका ५.२५, नागबेली लघुवित्तको ४.४५, संग्रिला विकास बैंक शेयर मुल्य ४.०२ प्रतिशतले घटेको छ ।

नेपाल स्टक एक्सचेन्ज

विशेष