अपराध सुरक्षा

प्रहरी बढुवाः नेताको ढोकाढोकामा दौडधुुप

प्रहरी बढुवाः  नेताको ढोकाढोकामा दौडधुुप

काठमाडौं - लामो समयदेखि बढुवाका लागि ऐन बाधक भएकोमा मन्त्रिपरिषदको हालैको बैठकले ऐन संशोधन गरेपछि बढुवाका लागि अहिले दौडधुप चर्को रुपमा बढेको छ ।

 

गृह मन्त्रालयले  कानुनी अड्चन फुकेको पत्र प्रहारी प्रधान कार्यालयमा पठाएपछि प्रधान कार्यालयले बढुवाको फाइल तयार पार्ने क्रमलाई तिव्रता दिएसँगै बढुवाका आकांक्षीहरु प्रधान कार्यालय धाउनुभन्दा पनि नेताकोमा धाउन सुरु  गरेका छन् ।

 

अहिले नेपाल प्रहरीमा डिआइजी १, एसएसपी १६, एपसी २६ सिट खाली रहेको छ । ती सिटका लागि दौठधुप चर्को रुपमा अघि बढेको हो ।

यो समाचार नेपाल समाचारपत्र दैनिकबाट लिएका हाै । 

विशेष