अपराध सुरक्षा

बिदाइको अन्तिम समयसम्म पनि 'चलखेल' मै व्यस्त प्रधानन्यायाधीश मिश्र

बिदाइको अन्तिम समयसम्म पनि 'चलखेल' मै व्यस्त प्रधानन्यायाधीश मिश्र

काठमाडौं । प्रधानन्यायाधीश ओमप्रकाश मिश्र मंगलबार उमेर हदका कारण अवकाश लिँदै थिए । दिउँसो साढे २ बजे बिदाइ कार्यक्रम थियो । त्यसको केही घण्टाअघिसम्म पनि उनी ‘अस्वाभाविक’ रूपमा इजलास तोकिरहेका थिए । 

 

‘हिँड्ने दिनसमेत मुद्दा व्यवस्थापनमा रुचि देखाउने प्रधानन्यायाधीश कहिल्यै देखिएको थिएन,’ न्याय प्रशासनका एक उच्च अधिकारीले भने, ‘केही घण्टाअघिसम्म पनि मुद्दा छान्ने र आफ्नो स्वार्थको इजलासमा तोक्ने उनको चरित्र अजिब थियो ।’

 

एनसेलको सेयर होल्डरमध्ये एक निरजगोविन्द श्रेष्ठको मुद्दा न्यायाधीशद्वय केदारप्रसाद चालिसे र पुरुषोत्तम भण्डारीको इजलासमा तोकियो । सोही इजलासमा गोरखा ब्रुअरीको मुद्दासमेत सूचीमा चढ्यो । सर्वोच्च अदालत प्रशासनस्रोतका अनुसार हिँड्ने दिनसमेत प्रधानन्यायाधीशले ‘चलखेल’ गर्न खोजेपछि महान्यायाधिवक्ता कार्यालयबाट सरकारी वकिलहरूले मुद्दा स्थगनको निवेदन दिए । यसै कारण जथाभावी निर्णय हुन पाएन । यो खबर आजको कान्तिपुरबाट लिइएको हो ।

प्रधानन्यायाधीश ओमप्रकाश मिश्र

विशेष