अर्थ शेयर

प्यानको विषयमा नेप्से पछि हट्यो, तत्काल कार्यान्वयन नहुने

प्यानको विषयमा नेप्से पछि हट्यो, तत्काल कार्यान्वयन नहुने

काठमाडौं। अचानक स्थायी लेखा नम्बर (प्यान) को बिषय झिकेर शेयर बजारलाई तरङ्गित गरेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आफ्नो निर्णयबाट पछि हटेको छ । 

लगानीकर्ता संघ संस्थाको दवावपछि नेप्से प्यानमा जानुअघि अध्ययन गर्ने निष्कर्षमा पुगेको हो। 

चालु आर्थिक वर्षको बजेटमा दोस्रो कारोबार गर्नेले प्यानमा दर्ता हुनुपर्ने उल्लेख थियो। 
त्यही प्रावधान अनुसार नेपाल धितोपत्र बोर्डले नेप्सेले निर्देशन दिएको थियो। यो निर्देशनपछि  प्यानमा दर्ताका लागि छलफलमा बोलाएको नेप्सेले भोलीपल्टै (माइन्युट) गरेर अहिले तत्कालका कार्यान्वयन नगर्ने निर्णय गरेको छ।


प्यानमा जाने विषयले बजार थप घट्ने भन्दै लगानीकर्ता संघका प्रतिनिधिहरुले तत्तकाल यो विषयलाई अगाडि नबढाउन दवाव दिएको थियो। 

प्यानको विषयले बजारमा अनावश्यक दबाब परेर मूल्य घट्ने भन्दै नेप्सेलाई माइन्यूट गर्न अनुरोध गरिएको नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले जानकारी दिइन्।


त्यस लगत्तै नेप्सेले कार्यान्वयन अध्ययन गरेर मात्र गर्ने भन्दै माइन्युट गरेको छ।
 
छलफलपछि नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद र कायम मुकायम उपप्रवन्धक प्रविण पन्दाकले हस्ताक्षर गरेका छन्। यो माइन्युट आइतबार नियमक निकाय धितोपत्र बोर्डमा प्रस्तुत गर्ने सहमति भएको छ। 

नेपाल धितोपत्र बोर्डले नेप्से

विशेष