अपराध सुरक्षा

इन्काउन्टरमा रमाउँदै प्रहरी : मानवअधिकार आयोगको मौन स्वीकृति

इन्काउन्टरमा रमाउँदै प्रहरी : मानवअधिकार आयोगको मौन स्वीकृति

काठमाडौं । प्रहरीका विवादास्पद इन्काउन्टरलाई राष्ट्रिय मानवअधिकार आयोगले समेत साथ दिँदै गएको छ । प्रहरीको गोलीबाट मृत्यु भएका घटनाको छानबिनमा आयोगले चासो नदिई मौन बसेर ‘सदर’ गर्न थालेको हो । इन्काउन्टर घटनाको छानबिनमा आयोग गम्भीर नहुँदा सामान्य घटनामा पनि अभियुक्तमाथि प्रहरीले गोली चलाउन थालेको छ । इन्काउन्टरका नाममा कतिपय अवस्थामा प्रहरीले पक्राउ गरेर अभियुक्तलाई गोली हानेको छ । त्यससम्बन्धी प्रस्ट प्रमाण भेटिँदासमेत राष्ट्रिय मानवअधिकार आयोग मौन बस्न थालेपछि प्रहरीले मुठभेडका नाममा पक्राउ गरेर गोली हान्ने घटना बढाउँदै लगेको हो ।

 

प्रहरीको आलोचना 

बालक निशान खड्काको अपहरणपछि हत्या घटनामा संलग्न अजय तामाङ र गोपाल तामाङको गत २१ साउनमा प्रहरीको गोलीबाट मृत्यु भएको थियो । अभियुक्तसँगै प्रमाण नष्ट गरेको भन्दै जुन घटनाले प्रहरीको व्यापक आलोचना भयो । अभियुक्तलाई पक्राउ गरेको छिमेकीले नै देखेका थिए र प्रहरीले उनीहरूले प्रहरीमाथि जंगलमा गोली चलाउन खोजेको बतायो । मुठभेडको कुनै संकेत नभएको आयोगको प्रारम्भिक छानबिनमा खुलेको थियो । 

 

यसअघि राजधानीमा भएका अन्य दुई इन्काउन्टर घटनामा पनि आयोगले अप्रत्यक्ष रूपमा प्रहरीलाई साथ दिएको थियो । गुन्डागर्दीमा संलग्न आरोपमा दिनेश अधिकारी चरी र कुमार घैँटे प्रहरीको गोलीबाट मारिएको घटनामा आयोगले अहिलेसम्म छानबिन टुंग्याएको छैन । घैँटेले त आफूलाई प्रहरीले हत्या गर्न खोजेको भन्दै पहिले नै आयोगमा उजुरी दिएका थिए । चरीको इन्काउन्टर भनिए पनि अन्यत्र हत्या गरेर फालिएको प्रारम्भिक छानबिनमा खुलेको थियो । यो खबर आजको नयाँ पत्रिकाबाट लिइएको हो ।

मानवअधिकार आयोग नेपाल प्रहरी

विशेष