ओटोमोबाइल

रेनो डस्टर आरएक्सएस नेपाली बजारमा

रेनो डस्टर आरएक्सएस नेपाली बजारमा

काठमाडौं । रेनोको नयाँ उत्पादन डस्टर आरएक्सएस नेपाली बजारमा आएको छ ।

मंगलबार राजधानीमा एक समारोहकाबीच रेनोको नेपालका लागि आधिकारिक वितरक एड्भान्स अटोमोबाईल प्रा. लि. ले डस्टर आरएक्सएस सार्वजनिक गरेको हो । 


कम्पनीले आजैदेखि रेनो डस्टर आरएक्सएसकोे बिक्री वितरणसमेत शुरु गरेको छ । 
फ्रान्सेली अटोमोबाइल निर्माताले केडब्लूआईडीको सहकार्यमा २०१६ देखि नेपाली बजारमा रेनो डस्टरको बिक्री वितरण शुरु गरेको थियो ।

 

रेनो डस्टर आरएक्सएस पेट्रोल भेरियन्टमा उपलब्ध रहेको छ । यसमा स्मार्टफोन भ्वाइस पहिजान प्रणाली, यूएसबी र अक्स इन कनेक्टीभिटी र ७ इन्चको टच स्क्रीन इन्फोटेन्मेन्ट कम्प्याटिबल ब्लुटुथ जडान गरिएको छ ।  

यसका साथै आरएक्सएसमा आरएक्सएस संस्करणमा डियोल एयरब्याग, एबीएस, हिल एसिस्ट, इन्जिन मोबिलाइजर, सेन्ट्रल लकिङ, चाइल्ड सेफ्टी लक, पावर डोर लक, गन मेटल फिनिस सिङ्गल ह्वील लगायतका फिचर रहेका छन् । 


यसमा स्टीरिङ अडियो र फोन नियन्त्रण गर्ने, गियर रिडिङ ल्याम्प र जीपीएस नेभिगेसन जस्ता विशेषता रहेको छ । 
डस्टर आरएक्सएस संस्करण १.५ डीसीआई इन्जिनद्वारा संचालित छ जसले ८५ एचपी पावर र २०० एनएम टर्क जेनेरेट गर्छ ।

यस संस्करणमा एयर कन्डिसनर, हिटर, स्टेरिङ एडजस्टमेन्ट, स्टेरिङ माउन्ट अडियो, पवर सप्लाई पोर्ट, रियर आर्मरेष्ट, इलेक्ट्रीकल्ली एडजस्टेवल रियर भ्यू मिरर लगायतका विशेषताहरु छन् ।

 

डस्टर एक्सआरएसमा अगाडि डिस्क ब्रेक र पछाडि ड्रम ब्रेक रहेको छ र अलोय ह्वीलसमेत रहेको छ । डस्टर एक्सआरएस भरपर्दो, विश्वाशीलो पहुँच योग्य प्रिमियम एसयूभी हो । यसमा उत्कृष्ट इन्जिनियरिङ, स्टाईल, सुरक्षा र सुलभ तथा आरामदायी सुविधाहरु समावेश गरिएका छन् । 


 

विशेष