अर्थ बैंकिङ

ग्लोबल आइएमइले डेरामा बस्ने कर्मचारीलाई पनि बिनाधितो १५ लाख ऋण दिने

ग्लोबल आइएमइले डेरामा बस्ने कर्मचारीलाई पनि बिनाधितो १५ लाख ऋण दिने

अब पेशागत व्यक्ति वा कर्मचारीहरूले पनि बिनाधितो १५ लाख लोन पाउने भएका छन् । पेसागत व्यक्ति वा कर्मचारीहरूलाई लक्षित गरी ग्लोबल आइएमई बैंक लिमिटेडले नयाँ कर्जा योजना ल्याएको हो ।

 

बैंकले पेशागत व्यक्ति तथा कर्मचारीहरुलाई लक्षित गरी 'ग्लोबल आइएमई प्रोफेशनल कर्जा' योजना ल्याएको छ । डाक्टर, इन्जिनियर, सिएलगायत पेसागत व्यक्ति तथा अन्य कार्यालयहरूमा कार्यरत कर्मचारीहरूलाई लक्षित गरी बैंकले ऋण उक्त योजना ल्याएको बैंकले जनाएको छ।

 

बैंकले सञ्चालनमा ल्याएको 'प्रोफेशनल लोन' मा विनाधितो १५ लाख रुपैयाँसम्म कर्मचारी वा पेसागत व्यक्तिले सहजरुपमा ऋण लिन सक्ने छन्। बैंकका अनुसार मासिक किस्ताबन्दीमा ५ वर्षसम्मको लागि ऋण लिन पाउने छन्। यो ऋण बैंकका सबै शाखाहरूबाट उपलब्ध हुने बैंकले जनाएको छ।

 

अहिले बैंकले कृषिमा आधुनिकीकरणको लागि कृषि कर्जादेखि साना तथा मझौला व्यवसायीलाई लक्षित गरी साना तथा मझौला व्यवसायी कर्जा, विद्यार्थीहरूको उज्जवल भविष्यको लागि एजुकेशनल लोन, होम लोन लगायतका कर्जा सुविधा प्रदान गर्दै आएको बैंकले जनाएको छ। साथै उच्चतम व्याजदरको साथमा बिमा सुविधासहितको नवरत्न बचत खातालगायत अन्य बचत खाताहरूमार्फत् पनि विभिन्न सुविधाहरू प्रदान गर्दै आएको विज्ञप्तिमा उल्लेख छ।

 

यसअघि शहरमा घर नभका तर नियमित आम्दानी गर्दै आएका कर्मचारीले ऋण लिन पाइरहेका थिएन् । उनीहरूलाई लक्षित गरी राष्ट्र बैंकले १५ लाखसम्म ऋण प्रभाह गर्नसमेत वित्तीय संस्थाहरूलाई निर्देशन दिएको थियो ।

ग्लोबल आइएमई बैंक जागिरेलाई बिनाधितो ऋण

विशेष