साताको अन्तिम दिन नेप्सेमा १.०१ अंकको सुधार
काठमाडौं । सेयर बजारको अन्तिम कारोबार दिन अर्थात् साताको अन्तिम दिन नेप्से परिसूचकमा सामान्य सुधार आएको छ । आज नेप्स परिसूचक १.०१ अंकले बढेर ११६१.६३ विन्दुमा पुगेको छ ।
आजको क वर्गको सेन्सेन्टिभ इन्डेक्स समेत झिनो अंक ०.५ ले वृद्धि हुँदै २४६.८० मा पुगेको छ ।
विहिबार कारोबारमा आएका १६८ कम्पनीको ९ लाख ७ हजार ३१४ कित्ता शेयर २७ करोड ३३ लाख रुपैयाँमा खरिद बिक्री भयो ।
यो बुधबारको तुलनामा ८ करोड १२ लाख रुपैयाँले धेरै हो । बुधबार १९ करोड २० लाख रुपैयाँको शेयर कारोबार भएको थियो ।
आज कारोबारमा आएका ११ उपसूचकहरुको रङ्ग मिश्रित देखिएका छन् । जहाँ ६ वटा उपसमूहको सूचक सकारात्मक छन् भने ५ वटा उपसमूहको सूचक ऋणात्मक देखिएका छन ।
बैंकिङ्ग, होटल्स, विकास बैंक, उत्पादन तथा प्रशोधन अन्य र लघुवित्त उपसमूहको सूचक सकारात्मक भएको छ भने व्यपार, जदविद्युत, वित्त, र्निजीवन बीमा र जीवन बीमा उपसकूहको सूचक ऋणात्मक भएको छ ।
यस दिन उत्पादन तथा प्रशोधन समूहको सूचक सबै भन्दा धेरै १८.०२ अंकले बढोत्तरी भएको छ । विकास बैंक ५.२७, अन्य १.२५, बैंकिङ्ग १.१३, होटलस १.९ र लघुवित्त समूहको सूचक ०.५ अंकले बढ्यो ।
यता जीवन बीमा समूहको सूचक सबै भन्दा धेरै ११.१२ अंकले नकारात्मक भयो । र्निजीवन बीमा ११.११, जलविद्युत ०.६९, वित्त ०.३९ र व्यपार समूहको सूचक ०.५९ अंकले ओरालो लागेको छ ।