कर्पोरेट अर्थ

पेट्रोलियम पदार्थको मूल्य दुई रुपैयाँ घट्यो

पेट्रोलियम पदार्थको मूल्य दुई रुपैयाँ घट्यो

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्यमा प्रतिलिटर दुई रुपैयाँ घटाएको छ । 

समायोजन गरिएको मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १०८, डिजेल र मट्टीतेल प्रतिलिटर ९५ रुपैयाँ भएको छ । यसअघि पेट्रोल प्रतिलिटर ११०, डिजेल र मट्टीतेल प्रतिलिटर ९७ रुपैयाँ कायम रहेको थियो । 

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा पुनःकमी आएको र अमेरिकी डलरसँग नेपाली मुद्रा पनि केही बलियो भएका कारण मूल्य घटाइएको हो । हवाई इन्धन र एलपी ग्यासमा मूल्य यथावत राखिएको छ । 

पेट्रोलियम पदार्थ

विशेष