अर्थ

वाइडबडी घोटाला काण्ड : मन्त्रीलाई जोगाउने खेलमा सत्तापक्ष

वाइडबडी घोटाला काण्ड : मन्त्रीलाई जोगाउने खेलमा सत्तापक्ष

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद वाइड बडी जहाज खरिद गर्दा अनियमितताको आरोप लागेका मन्त्री रवीन्द्र अधिकारी र सचिव प्रेम राईको बचाउमा उभिएका छन्। छानबिनका लागि गठित उपसमितिले संसद्को सार्वजनिक लेखा समितिलाई बुझाएको प्रतिवेदनमाथि भएको छलफलमा नेकपाका सांसद मन्त्री अधिकारी र सचिव राईको पक्षमा देखिएका हुन्।

 

लेखा समितिबाट गठित उपसमितिले नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारसहित पर्यटनमन्त्री रवीन्द्र अधिकारी, पूर्वपर्यटनमन्त्रीहरु जीवनबहादुर शाही र जितेन्द्र देवसहित पर्यटन सचिव कृष्णप्रसाद देवकोटा, तत्कालीन पर्यटन सचिवहरु प्रेम राई (हाल गृहसचिव) र शंखर अधिकारी (हाल अवकाशप्राप्त) लाई कारबाही सिफारिस गर्दै बुधबार प्रतिवेदन बुझाएको थियो। 

 

प्रतिवेदनले दुइटा वाइड बडी खरिद गर्दा ४ अर्ब ३५ करोड घोटाला भएको निष्कर्ष निकालेको छ। सोही प्रतिवेदनमाथि शुक्रबार समितिमा छलफल भएको थियो। छलफलमा सहभागी अधिकांश सदस्यले प्रतिवेदन अपूर्ण र त्रुटिपूर्ण रहेको टिप्पणी गरे। मन्त्री अधिकारी र सचिव राईलाई गरिएको कारबाही सिफारिस गलत रहेको उनीहरुको धारणा थियो। यो खबर आजको नागरिक दैनिकबाट लिइएको हो ।

वाइडबडी

विशेष