अपराध सुरक्षा

सेनाको प्रवक्तामा ढकाल

सेनाको प्रवक्तामा ढकाल

काठमाडौं । नेपाली सेनाले प्रवक्ताको जिम्मेवारी सहायकरथी यामप्रसाद ढकाललाई दिएको छ । पूर्वी पृतनामा चिफ अफ स्टाफको जिम्मेवारीमा रहेका ढकाललाई जङ्गी अड्डाले सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका प्रमुखसहित प्रवक्ताको जिम्मेवारी तोकेको हो ।

 

उनले आगामी सातादेखि जिम्मेवारी सम्हाल्ने छन् । हालका प्रवक्ता एवं सहायकरथी गोकुल भण्डारीको सैनिक प्रतिष्ठान खरिपाटी भक्तपुरमा काज सरुवा भएको छ । उनले नयाँ प्रवक्तालाई आगामी साता जिम्मेवारी दिने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । त्यस्तै सैनिक प्रतिष्ठान खरिपाटीका प्रमुख एवं सहायकरथी सीताराम खड्काको मध्यपश्चिम पृतनामा सरुवा भएको छ ।

नेपाली सेना

विशेष