बजारमा केटीएम ड्यूक–१२५
आउँदै काठमाडौं । अस्ट्रिलियन ब्राण्ड केटीएमको नयाँ उत्पादन ड्यूक–१२५ बजारमा चाँडै आउने भएको छ । नेपालका लागि केटीएमको आधिकारीक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनीले सन् २०१९ को मार्चसम्ममा उक्त मोटरसाइकल बजारमा ल्याइसक्ने जनाएको हो । यसका लागि कम्पनीले तयारी गरिरहेको छ ।
ड्यूक–१२५ मा कम्पनीको अत्याधिक रुचाईएको मोडल डूक–३९० र डूक २०० मा प्रयोग भएका अधिकांश फिचरहरु उपलब्ध छ । जसमा इन्स्ट्रुमेन्ट क्लस्टरका लागि टीएफटी कलर डिस्प्ले, ब्लू–टुथ स्मार्टफोन इन्टिग्रेसन, फूल–एलईडी हेडल्याम्प, मेटजेलर टायर, ड्यूल च्यानल एबीएस डूक–१२५ मा उपलब्ध छ । मोटरसाइकलको सिटको उचाई ८१८ मिलिमिटर रहेको छ भने, मोटरसाइकलको कुल तौल १४८ किलोग्राम रहेको छ ।
कम्बी ब्रेकिङ्ग सिस्टममा आउने यस बाइकमा १२४.७ सीसी, सिङ्गल सिलिन्डर, फोर–भल्भ, लिक्विड कुल्ड, फ्यूल इन्जेक्टेड डीओएचसी इन्जिन लगाइएको छ । यसमा लगाइएको इन्जिनले १५ बीएचपी पावर र १२ एनएम–टर्क जेनेरेट गर्छ । यसमा सिक्स–स्पीड ट्रान्समिसन जडान गरिएको छ । यसको फ्रन्टमा ४३ मिलिमिटरको फर्क लगाइएको छ भने, रियरमा मनोशक सेटअप लगाइएको छ । मोटरसाइकलमा फ्रन्ट डिस्क–ब्रेक ३०० मिलिमिटर रहेको छ भने, २३० मिलिमिटर रियर डिस्क–ब्रेक दिइएको छ ।
कम्पनीले केटीएमको विशिष्ट क्लासमा इन्ट्री लेवलको मोडल प्रस्तुत गर्ने लक्ष्यका साथ केटीएम ड्युक–१२५ बजारमा ल्याउन लागेको बताएको छ । भारतीय बजारमा ड्यूक–१२५ को मूल्य १ लाख १८ हजार १ सय ६३ रुपैयाँ रहेको छ । तर, नेपाली बजारमा भने, यसको मूल्य कति पर्छ भन्ने अझै टुङ्गीएको छैन ।
केटीएम ड्यूक–१२५