अर्थ

आयल निगमको कार्यकारी निर्देशकमा पौडेल नियुक्त

आयल निगमको कार्यकारी निर्देशकमा पौडेल नियुक्त

काठमाडौं । सुरेन्द्र पौडेल नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले पौडेललाई निगमको कार्यकारी निर्देशकमा नियुक्तिको निर्णय गरेको हो ।

 

पौडेल यसअघि उदयपुर सिमेन्ट उद्योगका महाप्रबन्धक थिए । सिमेन्ट उद्योगलाई सुधारेको भन्दै उनको वाहवाही बढेको थियो । नेपाल आयल निगमको प्रमुख हुने भएपछि उनले सिमेन्ट उद्योगको महाप्रबन्धक पदबाट राजीनामा दिएका थिए । भारतीय बोर्डबाट चार्टर्ड एकाउन्टेन्ट उत्तीर्ण गरेका उनी निकै कुशल व्यवस्थापकका रुपमा चिनिन्छन् ।

 

निगमको कार्यकारी निर्देशक छनोट तथा सिफारिस समितिले पाँच जनामध्ये उनीसहित तीन जनाको नाम उद्योग, वार्णिज्य, आपूर्ति मन्त्रालयमा सिफारिस गरेको थियो । समितिले पौडेलसहित अनिलकुमार झा, तारानाथ पौडेलको नाम आपूर्ति मन्त्री मातृका यादवसमक्ष पेस गरेको थियो । समितिले अनिल र तारानाथलाई पछि पार्दै आयल निगमको कार्यकारीमा नियुक्त भएका हुन् । 

नेपाल आयल निगम सुरेन्द्र पौडेल

विशेष