अर्थ

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलयम पदार्थको मूल्य ह्वात्तै घटे पनि नेपालमा उपभोक्तालाई छैन राहत

आयल निगमलाई इन्धनमा १५ दिनमै १ अर्ब ३३ करोड नाफा

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलयम पदार्थको मूल्य ह्वात्तै घटे पनि नेपालमा उपभोक्तालाई छैन राहत

काठमाडौं । नेपाल आयल निगमले चर्को नाफा राखेर इन्धनको मूल्य कम घटाएको तथ्य फेला परेको छ । निगमले १८ पुसमा पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर समान २ रुपैयाँ घटाएर पेट्रोल १ सय ८ र डिजेल तथा मट्टीतेल समान ९५ रुपैयाँ प्रतिलिटर मूल्य कायम गरेको छ । उपभोक्ता मूल्य थोरै मात्र घटाएकै कारण निगमले १५ दिनमा १ अर्ब ३३ करोड ६१ लाख रुपैयाँ नाफा गर्ने भएको हो । १५ दिनमा यति धेरै नाफा कमाउने आयल निगम मुलुककै एक्लो संस्था हो ।  

 

आयल निगमले तेल खरिद गर्ने दर घटेको अनुपातमा नेपाली बजारको मूल्य भने निकै कम घटाइएको छ । आइओसीले १५ कात्तिकमा पेट्रोल ६७ रुपैयाँ ९३ पैसा प्रतिलिटरमा निगमलाई बिक्री गरेको थियो । त्यसको दुई महिनापछि १७ कात्तिकमा पेट्रोल प्रतिलिटर २१.७४ रुपैयाँ घटाएर ४६.१८ रुपैयाँमा दिएको छ । डिजेल ७२.८० रुपैयाँबाट १८ रुपैयाँ घटाई ५४.७५ रुपैयाँ प्रतिलिरटमा दिएको छ । मट्टीतेल प्रतिलिटर ७७.१२ रुपैयाँबाट १९.८४ घटाई ५७.२८ रुपैयाँमा दिएको छ । तर, निगमले यसबीचमा नेपाली बजारमा पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा तीनपटक गरी ६–६ रुपैयाँ मात्र घटाएको छ । यो खबर आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो । 

नेपाल आयल निगम पेट्रोलियम पदार्थको मूल्य

विशेष