यौन-शिक्षा

डाक्टर सा’व प्रेमिका सहवास गर्न मान्दिनन् के गरौं ? 

डाक्टर सा’व प्रेमिका सहवास गर्न मान्दिनन् के गरौं ? 

म आफ्नी गर्लफ्रेन्डसँग अन्तरंग समबन्ध राख्न चाहन्छु, तर उनी मान्दिनन् । अब मैले ग गर्नुपर्छ ? 

काठमाडौं । यौनआनन्द लिने तर यौनसम्पर्क राख्ने दबाबलाई  न्यूनीकरण गर्ने वातावरण दुवै जना मिलेर गर्नु उपुयुक्त हुन्छ । यस्ता निर्णय वा भनौं अठोट पालना गर्न नसक्दा समस्यामा परिन्छ । पहिलो यौनसम्पर्क कुनै पनि व्यक्तिका लागि एक विशेष घटना हो । दुवै जना नै शारीरिक, मानसिक अनि भावनात्क रुपमा तयार भएपछि मात्र यसमा संग्लन हुनुपर्छ । यो कुरामा जबरजस्ती गर्दा सम्बन्ध नै धरापमा पर्छ । 


पहिलो यौनसम्पर्क जीवनको विशेष घटना भएकाले पनि यसलाई त्यसै किसिमले महत्व दिनपर्छ र यसमा हतार गर्नु हुँदैन । तपाइँहरु दुर्व जना तयार नभएको स्थितिमा यौनआनन्दका लागि वैकल्पिक उपाय अपनाउने कुराको थाली गर्नु भए नभएको थाहा भएन, तर यो एउटा राम्रो उपाय हुनुसक्छ । वैकल्पि यौनआनन्दको उपायको कुरा गर्दा हस्तमैथुन, यौन परिकल्पना, चुम्बन, आलिगंन, यौन संवेदनशील अंकग सुमसुम्याउने वा मर्दन गर्ने, शरीरको घर्षण गर्ने, आपसी हस्तमैथुनदेखि यौन साहित्य पढ्ने वा यौन चलचित्र हेर्नेसमेतको कुरा गर्न सकिन्छ । यस्ता कतिपय कुुरा गर्दा योनि लिङ्ग मैथुन नगरिकनै यौनसुख प्राप्त हुने कुरा तपाइँलाई थाहै होला ।

 

तपाइँको सम्बन्धले कुनै कारणले निरन्तरता पाउन नसकेको स्थितिमा तपाइँमा हुने ग्लानि, हीनताबोध अनि असहजपन पनि निकै कम हुन्छ । एक अर्थमा यौनसम्पर्कलाई गहिरो प्रणय सम्बन्धको प्रतीकका रुपमा पनि लिइन्छ । अहिलेको समबन्धले निरन्तरता पाउन नसकेको स्थितिमा त्यसबाट बाहिर निस्कन गाह्रो हुन्छ । यसलाई बिर्सेर अर्को सम्बन्ध स्थापित गर्न पनि असजिलो हुन्छ । केही दूूरी राखेको स्थितिमा सजिलो हुन्छ । पुरुषले तुलनात्मक रुपमा सजिलै यौनसम्पर्क राख्न साँचो प्रेम सम्बन्ध रहेको साथै अनेक कुरा गर्ने र यौनसम्पर्क राखिसकेपछि त्यसलाई त्यसैअनुरुपको महत्व नदिने, निरन्तरता नदिने वा महिलाको चरित्र पनि बलियो नभएकबो आरोपसमेत लगाउने अुनाले यौनसमपर्कको मामिलामा महिलाले विशेष सावधानी अपनाउनुपर्ने हुन्छ, जुन कुरा ठीकै हो । 


यहाँ तपाइँकी प्रेमिकाले तपाइसँगको सम्बन्ध गहिनो नै भए पनि आफूलाई एक सीमाभित्र राख्न चाहनुु भएको देखिन्छ, जुन आफैंमा बुद्धिमत्तापूर्ण कार्य हो । तपाई उहाँलाई सोचो प्रेम गर्नुहुन्छ भने त्यसको सम्मान गर्नुहोस् र उहाँ तयार नभएसम्म आनावश्यक रुपमा दबाब नदिनुहोस् ।  यो प्रश्नको जवाफ डा. राजेन्द्र भद्राले दिएका हुन् । यो सामग्री कान्तिपुुर साप्ताहिकबाट लिइएको हो । 
 

यौनसम्पर्क

विशेष