साना किसान लघुवित्तको २६ प्रतिशत लाभांश सुरक्षित गर्ने अन्तिम अबसर आज मात्रै
काठमाडौं । साना किसान लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने अन्तिम मिति आज रहेको छ ।
कम्पनीले बिहीबारदेखि साधारण सभा र लाभांश वितरणका लागि बुकक्लोज गर्ने भएकाले लाभांश पाउन आजसम्म शेयरधनी भैसकेको हुनुपर्ने जनाएको छ। कम्पनीले साना किसानको गत वर्षको कमाईबाट २५ प्रतिशत बोनस र १.३१७ प्रतिशत नगद लाभांश गरि कूल २६.३१७ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।
लाभांश वितरणका लागि कम्पनीको १७औं साधारण सभाले पारित गर्ने जनाएको छ ।
यहि माघ १८ गते कृषि विकास बैंकको केन्द्रीय तालिम प्रतिष्ठान, बोडे भक्तपुरमा कम्पनीको १७औं वार्षिक साधारण सभा आह्वान गरिएको छ । सभाले चार जना संचालक समितिसमेत निर्वाचन गर्ने जनाएको छ ।
सभाबाट अनुमोदन भएपछि कम्पनीले १५ करोड ७२ लाख ६ हजार ९८२ रुपैयाँ बोनस र कर प्रयोजनका लागि ८२ लाख ७४ हजार ५१ रुपैयाँ नगद लाभांश शेयरधनीलाई बाँड्नेछ । हाल ६२ करोड ८८ लाख २७ हजार ९२९ रुपैयाँ रहेको साना किसानको बोनस वितरणपछि ७८ करोड ६० लाख ३४ हजार ९११ रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।
साना किसानले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १२ करोड २४ लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी ७७ रुपैयाँ ८८ पैसा कायम गरेको छ । लघुवित्त कम्पनीको माघ १ गते मंगलबार नेप्सेमा प्रतिकित्ता एक हजार ८७ रुपैयाँमा शेयर कारोबार भएको थियो ।
साना किसान लघुवित्त वित्तीय संस्था