अपराध सुरक्षा

सुरक्षा निकायमा दोहोरो कमान्ड, परिचालनमा समस्या

सुरक्षा निकायमा दोहोरो कमान्ड, परिचालनमा समस्या

काठमाडौं । देशका कुनै पनि सुरक्षा निकाय परिचालनमा सिंगल कमान्डका आधारमा गरिन्छ। तर, प्रदेशमा भने दोहोरो मापदण्ड हुने गरी सरकारले विधेयक तयार गरेपछि प्रहरी परिचालनमा समस्या उत्पन्न हुने देखिएको छ।

 

गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभामा पेश गरेको नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको, सञ्चालन, सुपरीवेक्षण र समन्वय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा यस्तो व्यवस्था गरिएको छ। विधेयकको दफा १५ मा सिडिओको निर्देशनमा प्रदेश प्रहरी रहने उल्लेख छ। ‘जिल्लास्तरमा कार्यरत नेपाल प्रहरीका कर्मचारी प्रमुख जिल्ला अधिकारीको नियन्त्रणमा र निर्देशनमा रहनेछन्,’ विधेयकको दफा १५ को ३ मा भनिएको छ, ‘नेपाल सरकारको नीति तथा प्रमुख जिल्ला अधिकारीको निर्देशनमा रही प्रदेश प्रहरीले कार्य गर्नुपर्नेछ।’ यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकबाट लिइएको हो।

नेपाल प्रहरी

विशेष