चिनिया कम्पनीले नेपाली हजारका ३१ करोड थान नोट छाप्ने !
काठमाडौँ। नेपाली हजार रुपियाँको नोट चिनया कम्पनीले छाप्ने भएको छ। नेपाल राष्ट्र बैंकले रु हजारका ३१ करोड थान नोट छाप्नका निमित्त चिनिया कम्पनीलाई छाप्न दिने निर्णय गरेको छ।
राष्ट्र बैंकले चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसनलाई नोट छपाइ तथा डिजाइनका लागि जिम्मा दिने निर्णय गरेको बताएको छ।
यो निर्णयसंगै चिनिया कम्पनीले ९१ लाख ९० हजार डरलमा नेपाली हजारका आकर्षक नोट छापेर नेपाल पठाउने जनाएको छ।
#हजारको नोट#