सोमबारको सुनचाँदीको मूल्य

काठमाडौंः आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । आइतबार ७० हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज पनि प्रतितोला त्यहीँ मूल्य रहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।
यस्तै तेजावी सुन पनि आज प्रतितोला ७० हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि तेजावी सुन त्यहीँ मूल्यमा कारोबार भएको थियो ।
चाँदी पनि आइतबारकै मूल्य प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको महांसघले जनाएको छ ।
नेपाल सुनचाँदी महासंघ सुन सुनचाँदी