आज पनि घट्यो सुनको मूल्य

काठमाडौंः मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । सोमबार ७० हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ७० हजार २ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।
यस्तै तेजावी सुन आज प्रतितोला ६९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तेजावी सुन प्रतितोला ७० हजार एक सय रुपैयाँमा काराेबार भएकाे थियाे ।
चाँदीको भाऊ भने आज स्थिर रहेको छ । सोमबार प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको चाँदी आज पनि त्यहीँ मूल्यमा कारोबार भइरहेको महांसघले जनाएको छ ।
सुन नेपाल सुनचाँदी महासंघ