फेरि ह्वात्तै बढ्यो सुनको मूल्य

काठमाडौंः शुक्रबार नेपाली बजारमा सुनको बढेको छ ।
बिहीबार प्रतितोला ७० हजार ४ सय पुगेको सुन आज भने बढेर ७१ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुन पनि बढेर ७० हजार ७ सय रुपैयाँ पुगेको छ । बिहीबार तेजावी सुन प्रतितोला ७० हजार १ सय रुपैयाँ पुगेको थियो ।
आज चाँदीको भाऊमा पनि वृद्धि भएको छ । बिहीबार ८ सय ५० रुपैयाँ पुगेको चाँदी आज भने बढेर ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सुन चाँदी