हेर्नुहोस् तिहारको चहलपहल (फोटोफिचर)

कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात्त तिहार आजदेखि सुरु हुँदैछ ।
तिहार नजिकिएसँगै बजारहरुमा मानिसहरुको भीड व्यापकरुपमा बढेको छ । काठमाडौंको निकै अस्तव्यस्त रहने बजार असनमा पनि तिहारका लागि चाहिने सामाग्रीहरु बिक्रीवितरण गर्नेहरुको ठूलो जमात देख्न सकिन्छ ।
विशेष गरेर भाइटीकाको दिन आवश्यक पर्ने भाइ मसाला, मखमली फूलको माला, ओखर, सप्तरंगी टीका, दियो, ढाका टोपी लगायतका सामाग्री बिक्रिका लागि राखिसकेका छन्।