यौन-शिक्षा

यौन जिज्ञासा-मुख मैथुनगर्दा के विर्यको सेवनले असर पुर्याउला ? यौन विशेषज्ञको सल्लाह

यौन जिज्ञासा-मुख मैथुनगर्दा के विर्यको सेवनले असर पुर्याउला ? यौन विशेषज्ञको सल्लाह

मुख मैथुन के हो ?

एक व्यक्तिको यौन अङ्ग अर्को व्यक्तिको मुखको सम्पर्कमा ल्याएर गरिने यौन क्रियाकलापलाई नै मुखमैथुन भनिन्छ। कतिपय व्यक्तिका लागि यो निकै सुखदायक तथा आकर्षक हुन्छ भने कतिका लागि एकदमै विकर्षक। मुखमैथुनबाट यौन आनन्द प्राप्त गर्न रुचाउने व्यक्ति वा जोडीहरू बढ्दै गएका छन्।

कामसूत्रमा ऋषि वात्सायनले पनि मुखमैथुनका बारेमा वर्णन गरेको पाइन्छ। उनले मुखमैथुनलाई विभिन्न आठ नाम दिई वर्गीकृत गरेका छन्। ती हुन्, निमित्त (हातले लिङ्गलाई समातेर ओठ त्यसमा राखेर मुख गोलो पारेर हल्का किसिमले घर्षण गर्नु), पाश्र्वतोदष्ट (लिङ्गको अघिल्लो भागलाई हातले छोपेर, पछिल्लो भागलाई ओठले दबाउने), बहिसन्देश (लिङ्गको अग्रभागलाई मुख भित्र राखेर अघिपछि गर्ने), अन्त:सन्देश (बहिसन्देशभन्दा बढी नै मुखभित्र राखेर अघिपछि गर्ने), चुम्बितक (ओठलाई चुम्ब लिएजस्तै चुम्बन लिने), परिमुष्टक (जीब्रोले लिङ्गको अग्रभाग चलाउने), आम्रचूसितक (लिङ्गलाई मुखभित्र राखेर आँप चुसेजस्तै चुस्ने), संगर (लिङ्गलाई दाँतले स्खलिन नभए सम्म दबाउने)।

मुखमैथुन भन्नाले १. लिङ्ग-मुख मैथुन (Fallatio), २. योनि-मुख मैथुन (Cunnilingus) ३. गुद्द्वार-मुख मैथुन (Anilingus) लाई बुझ्नुपर्छ। लिङ्ग-मुख मैथुन तथा गुद्द्वार-मुख मैथुन पुरुष-पुरुष तथा पुरुष-महिलाका बीचमा हुनसक्छ भने योनिमुख मैथुन पुरुष-महिला तथा महिला-महिलाका बीचमा पनि हुनसक्छ। तपाइर्ंहरूको बीचमा कस्तो मुखमैथुन हुन्छ भन्ने कुरा पत्रमा स्पष्ट उल्लेख छैन, तर तपाइर्ंको लिङ्ग र श्रीमतीको मुख भएको अनुमान भने गर्न सकिन्छ।

के मुखमैथुन नराम्रो हो ?

मुखमैथुनजस्तो यौन क्रियाकलाप स्वस्थकर हो-होइन वा पछि गएर त्यसले कुनै हानि गर्छ कि भन्ने शंका धेरैमा पाइन्छ। स्वस्थ व्यक्तिका माझ मुखमैथुन गर्नु सुरक्षित नै हुन्छ। यसले स्वास्थ्यमा कुनै किसिमको हानि पुग्दैन। स्वस्थ व्यक्तिको वीर्य होस् वा योनिरस त्यसमा आफंैमा कुनै हानि वा खराबी गर्ने कुरा हुँदैन। त्यसैले यस्तो वीर्य वा योनि रस मुखमा पर्दा वा निलिँदा कुनै हानि गर्दैन। तपाईंहरू दुवैलाई मुख-मैथुन मन पर्ने भए यसबाट भरपूर आनन्द लिन सक्नुहुन्छ।

स्वस्थ व्यक्ति अर्थात् यौनरोग नभएका व्यक्तिहरूका बीचमा मात्र यौनसम्पर्क हुँदा यौनरोग लाग्ने डर हुँदैन। यदि यौनरोग छ भने सर्न सक्छ, जुन कुरा लिङ्ग-योनि वा अन्य किसिमको यौनसम्पर्कमा पनि लागू हुन्छ। यदि यौनरोग छ भने राम्रोसँग उपचार गराएपछि वा भनौं निको भएपछि मात्र यस्ता क्रियाकलापमा सरिक हुनु बेस हुन्छ। यदि यौनसाथीमध्ये कसैलाई यौनरोग लागेको अथवा यौनरोग लागेको शंका छ भने पनि यसलाई सुरक्षित बनाउनु आवश्यक छ।

सुरक्षित बनाउन मुखमैथुन गर्दा कन्डमको प्रयोग आवश्यक हुन्छ। अहिले यही प्रयोजनका लागि सुगन्धित कन्डम पनि उपलब्ध हुन थालेका छन्। योनि-मुख मैथुनका लागि डेन्टल ड्याम (रबरको पातलो चारपाटे टुक्रा) को प्रयोगबाट यसलाई सुरक्षित बनाउन सकिन्छ। डेन्टल ड्याम छैन भने कन्डमलाई काटेर चारपाटे टुक्रा बनाउन सकिन्छ। मुखमा चोटपटक छ भने र वीर्य स्खलन मुखमा भएको स्थितिमा जोखिम बढ्ने कुरा ख्याल गर्नुपर्छ।

विशेष