आगामी एक दशक सम्म भ्रमण वर्ष मनाउने
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आगामी एक दशक सम्म भ्रमण वर्ष मनाउने सरकारको योजना रहेको बताएका छन्।
जनकपुरमा बुधबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री भट्टराईले भ्रमण वर्ष २०२० प्रचारप्रसारको थालनी मात्रै भएको बताउदै आगामी एक दशक सम्म भ्रमण वर्ष मनाउने रणनीति रहेको बताए।
उनले विभिन्न ठाउँबाट जनकपुरधामको भ्रमणमा आउने पर्यटकहरुका लागि विशेष तयारी गर्नु पर्ने र उनीहरुलाई आकर्षक स्थललाई विशेष व्यवस्था गर्नुपर्ने बताए। यसका लागि पर्यटकलाई रोक्ने प्रकारको वातावरण बनाउनु पर्ने आवश्यकता रहेको उनले बताए।
उनले एक प्रदेशलाई अर्को प्रदेशसँगको समन्वय र सहकार्यमा जोड्नुपर्ने समेत बताए। यसका लागि भट्टराइले विभिन्न स्थललाई विभिन्न प्रदेशसँग जोड्ने गरी प्रदेश सर्किट बनाउनु पर्ने आवश्यकता रहेको औल्याए।