यौन-शिक्षा

महिलाले किन पुरुषले भन्दा बढी प्रयोग गर्छन् सेक्स टोय ?

महिलाले किन पुरुषले भन्दा बढी प्रयोग गर्छन् सेक्स टोय ?

काठमाडौंमा दैनिक औसत ८/९ वटाको दरले सेक्स टोयको व्यापार हुने गरेको पाइएको छ । नेपालमा पनि सेक्स टोयको माग बढ्दै गएको छ ।

देशभर भने नौवटा भन्दा बढी सेक्स टोयका पसल छन् । स्वचालित पेनिसदेखि स्तन, भेजिना मसाजरको सामग्रीलगायतका यौन सामग्री नेपालमा उपलब्ध छ । काठमाडौंमा पछिल्लो समय फुल बडीको सेक्स टोय उपलब्ध नभए पनि पोखरामा भने उपलब्ध छ ।

काठमाडौंमा ११ सयदेखि १२–१३ हजार मूल्यसम्मका सेक्स खेलौना उपलब्ध छन् । नेपालमा कन्डम हाउसले होलसेलमा सेक्स टोय बिक्री गर्दै आएको छ । कन्डम हाउसबाटै काठमाडौंबाहिर पनि सेक्स टोय जाने गरेको छ । नेपालमा चीन, थाइल्यान्ड, जापान, मलेसिया र कोरियाबाट सेक्स टोय ल्याउने गरिन्छ ।

अनलाइन बिजनेस मेरो सपिङले तीन वर्षदेखि सेक्स टोयको व्यापार गर्दै आएको छ । मेरो सपिङ पनि पुरुषको तुलनामा महिलाका लागि दोब्बर संख्यामा सेक्स टोय बिक्री हुने बताउँछ । मेरो सपिङमा भने अत्यधिक मात्रामा टिन एजर्सले सेक्स टोयको माग गर्ने गर्छन् । तर, उनीहरूले आफ्नो परिचय भने राम्रोसँग नखुलाउने गरेको सञ्चालक बताउँछन् ।

भाइवर, फेसबुक म्यासेन्जरमार्फत पेनिस, टाइटेनिङ जेल लगायतका सामग्री मगाउने गर्दछन् । तर, अनलाइनमा यस्ता सामान मगाउनेले आफ्नो नाम सत्य नबताउने मेरो सपिङका सञ्चालक बताउँछन् । नेपालका प्रायः सेक्स टोय पसलेले होम डेलिभरी नगरे पनि मेरो सपिङको विशेषता भने होम डेलिभरी नै हो ।

व्यवसायी भने सेक्स टोयको उत्साहप्रद व्यापारचाहिँ नभएको बताउँछन् । तीनदेखि ६ हजार रुपैयाँसम्मको सेक्स टोय अत्यधिक बिक्री हुने व्यवसायीहरु बताउँछन् ।

 

विशेष