अर्थ

घट्यो सुनको मूल्य, चाँदीको भाऊ भने स्थिर

घट्यो सुनको मूल्य, चाँदीको भाऊ भने स्थिर

काठमाडौंः बिहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । 

कार्तिक ८ गते ७१ हजार एक सय रुपैयाँ पुगेको सुन आज भने प्रतितोला ७० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, तेजावी सुनको मूल्य पनि घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तिमपटक कार्तिक ८ गते अप्डेट गरेको तेजावी सुनको मूल्य ७० हजार ७ सय रुपैयाँ थियो ।

आज भने घटेर ७० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदीको भाऊ भने स्थिर रहेको छ ।

कार्तिक ८ गते ८ सय ६० रुपैयाँ पुगेको चाँदी आज पनि प्रतितोला त्यहीँ मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

सुन चाँदी नेपाल सुनचाँदी व्यवसायी महासंघ

विशेष