दशैँका लागि बैंकबाट ४७ अर्ब झिकियो !
काठमाडौँ। यो वर्ष दशैं किनमेलका लागि बैंक तथा वित्तीय संस्थाबाट ४७ अर्ब रुपियाँ बाहिरिएको छ। यो यहि असोज १ गतेदेखि १५ सम्म बैंक तथा वित्तीय संस्थाबाट झिकीएको पैसा हो।
दशैँ तिहारको समयमा बैंक तथा वित्तीय संस्थाबाट सामान्य अवस्थामा भन्दा बढी पैसा बाहिरिने गरेको छ। अहिले पनि त्यहि भएको हो।
अने अवस्थामा भन्दा दशैँ तिहार जस्ता ठुला चाडबाडमा मानिसको उपभोग प्रबृत्ति बढ्छ। यसकारण यो समयमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप धेरै झिकिन्छ। गत बर्षको भदौ मसान्तदेखि असोज मसान्तसम्म ६८ अर्ब रुपियाँ बाहिरिएको थियो।
यो बर्ष गएको २ सातामै करोइब ४७ अर्ब रुपियाँ बाहिरिएको राष्ट्र बैंकको तथ्यांक छ। चाडबाडको समयमा कारोबारी मुद्राको माग धेरै हुने भएकाले बैंकिंग प्रणालीबाट धेरै पैसा बाहिरिने राष्ट्र बैंक अनुसन्धान बिभाग प्रमुख गुणाकर भट्टले बताए
यो समाचार आजको कान्तिपुर दैनिकमा यज्ञ बन्जाडेले लेखेका छन।