फोटो

सडकमा दशैंका दृश्य (फोटोफिचर)

सडकमा दशैंका दृश्य (फोटोफिचर)

दशैंको नबौं दिनसम्म आइपुग्दा काठमाडौंको चहलपहल घट्दै गएको छ । सडक शून्य शून्यजस्तै बनेका छन् । बाहिरी मार्ग जोड्ने सडक केही व्यस्त लागेपनि काठमाडौं उपत्यकाका गल्लीहरु झन्झन् सुनसान बन्दै गएका छन् ।

वास्तवमा दशैंसंग त्यस्तो सांस्कृतिक तागत रहेछ कि जसले प्रत्येक क्षण काठमाडौंलाई गतिहीन बनाउने सामथ्र्य राख्दो रहेछ । कुनै राजनीतिक दलले यही अवस्था ल्याउन कति कुकृत्य गर्नु पथ्र्यो ? कति मानिसले धनजनको क्षति व्यहोर्नु पथ्र्यो ?

जे होस् काठमाडौं बाहिर जाने मानिसहरु बाहिरिसकेका छन् । यहाँ दशैं मनाउनेहरु पनि घरमै सीमित बन्दा बाहिरको चहलपहल घटेको हो । फलफूल र मासु पसल भने खुल्ला देखिन्छन् । अस्पतालमा भीडभाड कम छ । तराईबासीले दशैंभन्दा छठ भव्यतापूर्वक मनाउने हुनाले सडक व्यापार गर्ने तराईबासीको भने बाक्लो उपस्थिति देखिन्छ । देवी देवालयमा भक्तहरुको बाक्लो उपस्थिति छ ।

व्यावसायिक मलहरु बाहेक बजारका फेन्सी तथा किराना पसल बन्द छन् । अघिल्लो वर्षको तुलनामा यसपल्ट काठमाडौं बाहिर गएर दशैं मनाउनेको संख्या बढेको अनुमान छ । त्यसैगरी देश विदेश घुमेर दशैं मनाउनेहरुको पनि बढोत्तरी छ । खाडीमुलुकमा रहेका हजारौं नेपाली जहाजको टिकट नपाउँदा घर आएर दशैं मनाउन विमुख छन् । आफ्नो देशको वायुसेवा सधैं थलिने, बाहिरका वायुसेवा फाइदामा चल्ने हुनाले विदेशमा निम्न कमाई हुने नेपाली कामदार चेपुवामा पर्दै आएका छन् ।       
 

काठमाडौं दशैं

विशेष