यौन-शिक्षा

किन गरिन्छ अहिले पनि महिलाको कुमारित्व परीक्षण ?

किन गरिन्छ अहिले पनि महिलाको कुमारित्व परीक्षण ?

एजेन्सी– इन्डोनेसियामा महिलालाई सरकारी फौजमा प्रवेश गर्नुअघि अनिवार्य रुपमा कुमारित्व परीक्षण (भर्जिनिटी टेस्ट ) गरिन्छ । उच्च शिक्षा पास गरेका १८ देखि २० वर्ष उमेरका महिलालाइ सुरक्षा फौजमा भर्ती हुनुपूर्व इन्डोनेसियमा बर्षौंदेखि महिलाको कुमारित्व जाँच्ने गरिन्छ ।

यस्तो परीक्षण हवाई फोर्स, सेना र नौसेनामा भर्ना हुने अधिकृतहरुमा अनिवार्य गरिएको छ । स्थानीय सरकार र सार्वजनिक सेवामा पनि यस्तो परीक्षणलाई सरकारले विस्तार गर्दैछ ।

कथित ‘भर्जिनिटी टेस्ट’ को मानवअधिकाबादी संघ संस्था र कार्यकर्ताले बिरोध गरेका छन् । अवैज्ञानिक र रुढीबादी यस परीक्षणलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले निन्दा गरेको छ । ‘वर्तमान युगमा भर्जिन टेस्टको कुनै स्थान छैन । परीक्षण आफैँमा विभेदकारी छ । महिलाको क्षमता कुमारित्वले जाँच्न सक्दैन,’ डब्लुएचओले भनेको छ ।

कसरी हुन्छ परीक्षण ?
‘दुई औलाको परीक्षण’ दिएको यस परम्परागत परीक्षणमा चिकित्सकहरुले महिलाको योनिच्छेद र त्यसको आकारको साथै  योनीको शिथिलताबारे गहन अध्ययन गर्छन् । यस आधारमा उनीहरुले यौन सम्बन्ध राखे नराखेको खुलासा हुने दाबी गरिन्छ । तर यस परीक्षणबारे नै चिकित्सकहरुबीच मतभेद देखिन्छ ।

केही चिकित्सकहरुका अनुसार योनिच्छेदको अवस्थाले भर्जिन टेस्टको जिज्ञासालाई खासै सम्बोधन नगर्ने र योनिच्छेदको आकार महिलाअनुसार फरक फरक हुने गर्छ ।

स्वास्थका नाममा गरिने यस परीक्षणले महिलाको मानव अधिकारको हनन भएको ह्युमन राईट वाचले जनाएको छ । वाचले कुमारित्व परीक्षण गरिएका ११ जना इन्डोनेसियाली महिलाको अनुभव समेत सार्वजनिक गरेको छ ।

वाचका एन्ड्रिज हारसोनका अनुसार महिला चिकित्सकहरुले आफ्ना दुई ओटा औला भर्ति हुन चाहने उम्मेदावरको  योनिकोद्वार खोल्न प्रयोग गरेका थिए, अर्को एउटा औलालाई मलद्वारमा राखिएको थियो । आफूलाई गरिएको परीक्षणबारे महिला यति लज्ज्ति देखिन्थे कि आफ्नो परीक्षण सुनाउँदा अन्य महिला भाग्थे ।

एन्ड्रिजका अनुसार परीक्षणलाई धेरै जना महिलाले आफूहरुमाथिको अपमान बताए । केहीले मानसिक आधात महशुस गरेका थिए । भर्जिन टेस्ट गरेर भर्ति हुन साथीलाई सुझाब नदिने सहभागी एक महिला बताउँछिन् । ‘वास्तवमै यो एउटा घृणित कार्य हो र यातान पनि । कोही पनि यस्तो परीक्षण नगरोस्,’ उनी भन्छिन् ।

विशेष