टीकाको दोस्रो दिन मुख्य सडकमा जे देखियो (फोटोफिचर)

विजयादशमी टीकाको दोस्रो दिन आफन्तकोमा टीका लगाउन जाने क्रम चलिरहेको छ । काठमाडौंको अवस्था अहिले सामान्य छ । सडकमा सवारी पातलो संख्यामा गुडिरहेका छन् । बजार, उद्योगधन्दा, कार्यालय बन्द रहेकाले सडकमा मानिसको आउजाउ ठप्पजस्तै छ । चिनियाँ राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमण सफल बनाउन सम्पूर्ण कर्मचारीलाई अनिवार्य कार्यालयमा हाजिर हुन सरकारले निर्देशन दिएकाले विहिवारदेखि मानिसको चहलपहल बढ्ने छ । यद्यपि हवाई यातायातबाट दशैं मनाउन जानेहरु राजधानी फर्कने क्रम शुरु भइसकेको छ । सडक यातायातबाट यो क्रम आजैबाट शुरु हुनेछ । नेपाल आज सहकर्मी काठमाडौं उपत्यकाको मुख्य सडक अवलोकन गर्दै घुमेका थिए । प्रस्तुत छ– उनको क्यामेराले कैद गरेका दृश्य ।