फोटो

कस्तो भयो कलाकारको दशैं ? (फोटोफिचर) 

कस्तो भयो कलाकारको दशैं ? (फोटोफिचर) 

आम सर्वसाधारणसंगै कलाकारहरुले पनि भव्यतापूर्वक दशैं मनाएका छन् । पारिवारिक, साथीभाई, ईष्टमित्रसंगको भेटघाट र मान्यजनबाट आर्शिर्वादसंगै उनीहरुले दशैं मनाएका हुन् ।

वर्षदिनको थकान मेटन पनि यो पर्व सामयिक रहेको उनीहरुको तर्क छ । अघिल्लो पुस्तादेखि अहिलेका नाम चलेका सेलिब्रेटीले उल्लासपूर्वक दशैं मनाएको तस्वीर सामाजिक सञ्जालमा हालेका छन् ।

भुवन केसी, निखिल उप्रेती करिश्मा मानन्धरदेखि केकी अधिकारीदेखि आँचल शर्माले दशैं मनाएको फोटो हालेका छन् ।

विदेशमा रहेका कलाकारले पनि उत्साहसाथ दशैं मनाएको तस्वीर अपलोड गरेका छन् ।

हास्यकलाकारहरु जितु नेपाल मुन्द्रे, सीताराम कट्टेल धुर्मुस, दीपाश्री निरौला, दीपकराज गिरीले पनि रमाइलो गरी दशैं मनाएका छन् ।

शिव श्रेष्ठ, राजेश हमालले चाहिँ सामाजिक सञ्जालमा दशैंको फोटो सार्वजनिक गरेका छैनन् । 

भुवन केसी कलाकार

विशेष