फेरि ह्वात्तै बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार?

काठमाडौंः साताको पहिलो आइतबार नै नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेकोे छ । सुन र तेजावी सुनको मूल्य प्रतितोला एक हजार एक सय रुपैयाँले बढेको हो ।
शुक्रबार प्रतितोला ६९ हजार ९ सयमा कारोबार भएको सुुन आइतबार ७१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, शुक्रबार प्रतितोला ६९ हजार छ सय रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्य आइतबार बढेर ७० हजार सात सय रुपैयाँ पुगेको छ
चाँदीको भाउ ५ रुपैयाँले बढेर आठ सय ४० पुगेको महासंघले जनाएको छ ।
सुन चाँदी