याैन सम्पर्कका कारण संक्रमण हुनसक्ने यी नयाँ राेगहरु
एजेन्सी– पछिल्ला वर्षहरुमा विश्वभर नयाँ नयाँ राेगहरु पत्ता लागिरहेका छन् । तीनमा याैन संक्रमणका कारण हुने राेगहरु (एसटिआइ) पनि अपवाद हाेइनन् ।
पछिल्लाे समय पत्ता लागेका चार राेग जुन याैन सम्पर्कबाट संक्रमण भइरहेका छन् :
नाइसेरिया मेनिन्जाइटिस
याे ब्याक्टेरियाले मस्तिष्कलाई कमजाेर बनाउने मात्र हाेइन, टाउकाेकाे हड्डीहरुलाई पनि कमजाेर बनाउँछ। अझ यसलाई पिसाब नलीमा यसले गर्ने हानीका कारण चिन्ताजनक रुपमा लिइएकाे छ ।
५ देखि १० प्रतिशत मानिसमा याे ब्याक्टेरिया नाकबाट संक्रमण भएर पिसाब नलीमा पुग्ने अनुमान छ ।
माइकोप्लाजमा जेनिटेलियम
माइकोप्लाज़मा जेनिटेलियम अत्यन्त साना ब्याक्टेरिया मध्ये एक हाे । तर यसका कारण अहिले विश्वमा चिन्ताजनक अवस्था निम्तिएकाे छ ।
याे सबैभन्दा पहिले सन् १९८० मा पहिचान गरिएकाे थियाे । त्यतिबेला याे ब्याक्टेरिया अत्यन्त कम मान्छेमा थियाे । अहिले याे निकै रफ्तारमा अगाडि बढिरहेकाे छ ।
कन्डमकाे प्रयाेगले याे ब्याक्टेरियाकाे संक्रमण राेक्न सकिन्छ । यसले महिलामा बाँझाेपना ल्याउनसमेत सक्छ ।यसलाई राेक्न एजिथ्राेमाइसिन नामकाे ओैषधि प्रयाेग गर्न नहुने शाेधकर्ताले जनाएका छन् ।
शिगेला फ्लेक्जेनरी
यसलाई शिग्लोसिस नामबाट पनि चिनिन्छ । यसकाे संक्रमणपछि पेट दुख्न थाल्ने, डायरिया हुनेसम्म हुनसक्छ । याे खासमा मुखमैथुनका कारण संक्रमण हुने वैज्ञानिकहरुले जनाएका छन् ।
लिंफोंग्रानुलोमा वेनेरेउम (एलजीवी)
क्लैमाइडिया ट्रेकोमैटिसकाे असामान्य तनावका कारण हुने याे एसटिआई 'भयानक संक्रमण' काे कारण बन्न सक्छ ।
एलजीवीकाे संक्रमणका कारण अस्थायी डण्डीफाेर, अल्सरजस्ता समस्या देखिन सक्छन् । पछिल्लाे एक दशक दशक एलजीवी यूरोप तथा उत्तरी अमेरिका में अत्यन्त धेरै बढिरहेकाे छ ।