अर्थ

मुग्लिन-पोखरा सडक चार लेनमा विस्तार : एडीबीले २१ अर्ब ऋण दिने

मुग्लिन-पोखरा सडक चार लेनमा विस्तार : एडीबीले २१ अर्ब ऋण दिने

काठमाडौँ।  एसियाली विकास बैंक (एडीबी)ले मुग्लिन-पोखरा सडक चार लेनमा विस्तार गर्न २१ अर्ब ५० करोड रुपैयाँ सहुलियत ऋण उपलब्ध गराउने भएको छ। दुई लेनको सडक चार लेनमा विस्तार गर्न लागिएको छ। एडीबीको सञ्चालक समितिले बुधबार सहुलियत ऋण अनुमोदन गरेको हो।

एडीबीको मुख्याल मनिलाबाट जेठ १३ मा उच्चस्तरीय टोली मुग्लिन-पोखरा सडकखण्ड निरीक्षण गर्न नेपाल आएको थियो। १५ दिनका लागि नेपाल भ्रमणमा आएको टोलीले मुग्लिन-पोखरा सडकको स्थलगत अनुगमन गरेको थियो। टोलीले बुझाएको प्रतिवेदनका आधारमा एडीबीले ऋणका लागि सहमति जनाएको हो।

सडक विभाग आयोजना निर्देशनालय (एडीबी) का उपआयोजना निर्देशक सुरेश पौडेलका अनुसार एसियाली राजमार्ग मापदण्डअनुरुप मुग्लिन-पोखरा सडक विस्तार गर्न एडीबीले सहुलियत ऋण उपलब्ध गराउन सहमति प्रदान गरेको जानकारी दिए। 

यो समाचार आजको अन्नपुर्ण पोस्ट दैनिकमा निर्दोष घोरसाइनेले लेखेका छन।  

मुग्लिन-पोखरा सडक

विशेष