अर्थ

कृषिमा नेपाली लैजान जापानी टोली नेपालमा

कृषिमा नेपाली लैजान जापानी टोली नेपालमा

काठमाडौँ। दोस्रो चरणअन्तर्गत  कृषि क्षेत्रमा नेपाली कामदार लैजाने भएको छ । कृषिका विभिन्न क्षेत्रमा कामदार लैजानका लागि जापानले अध्ययन गर्ने भएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको भेटका क्रममा जापानको कृषि, वन तथा मत्स्यपालनसम्बन्धी  मन्त्रालयका उपमहानिर्देशक ताकामी नाकाडाले नेपालबाट कृषि, मत्स्य तथा खाद्य क्षेत्रमा नेपाली कामदारहरु लैजान इच्छुक रहेको बताए ।

भेटका क्रममा नेपाल र जापानबीच भएको समझदारीअनुसार विभिन्न १४ क्षेत्रमध्ये कृषि क्षेत्रमा जापानलाई चाहिने कामदारको सम्बन्धमा भाषा र सीप परीक्षा छिट्टै सञ्चालन गर्ने विषयमा समेत छलफल भयो ।

जापानका राजदूत मासामिची साइगोले नेपालबाट जापानमा कृषि कामदार लैजान टोलीले अध्ययन अनुसन्धान समेत गर्ने बताए । नेपाल र जापानबीच भएको श्रम समझदारीअनुसार क्रमिक रूपमा कामदारको सीप परीक्षण गरी थप कामदार लैजाने उनले प्रतिबद्वता व्यक्त गरे । 

यो समाचार अन्नपुर्ण पोस्ट दैनिकमा तुलसी सुबेदीले लेखेका छन।  

जापान नेपाली कामदार कृषि

विशेष