याैन सपना किन देखिन्छ ? यस्तो भन्छन् विज्ञ
सपना विभिन्न किसिमका (डरलाग्दो, साहसिक, रमाइलो तथा यौनसम्बन्धी) हुन्छन् । सामान्यतया प्रजनन प्रणालीले राम्ररी कार्य गर्न थालेपछि सेक्स हर्मोनले एकातिर यौनव्यग्रता तथा यौनतनाव बढाउँछ भने अर्कोतिर यस अवस्थामा वीर्यको पनि उत्पादन हुन थाल्छ । अनि वीर्यले स्वाभाविकरूपमा बाहिर निस्कने बाटो खोज्छ । यौनचाहना प्रबल हुन थालेपछि एक किसिमको यौनतनाव बढ्न थाल्छ । यसलाई शान्त पार्नु पनि स्वाभाविक कुरा नै हो ।
निदाइरहेको बेलामा एकपछि अर्को विचार, भावना र संवेदना अचेतनरूपमै मस्तिष्कमा आउनु सपना देख्नु हो । मानव इतिहासमा धेरै प्रयास भए पनि व्यक्तिले किन कुनै किसिमको सपना देख्छ र त्यसको अर्थ के हुन्छ, राम्ररी बुझ्न सकिएको छैन ।
हस्तमैथुन वा यौनसम्पर्कबाट यस्तो अवसर मिल्न नसकेको स्थितिमा व्यक्तिले यौन–सपना देख्छ । अनि पुरुषको हकमा सपनामै वीर्यस्खलन हुने र यौन चरमसुख प्राप्तिको स्थितिसम्म पुग्ने हुन्छ । महिलाले त्यस्तो सपना देखेको खण्डमा पनि योनिश्राव हुने र चरमसुख प्राप्त गर्ने हुन्छ । यौन तनावलाई शान्त पार्न गरिएको प्रयास वा क्रियाकलाप पर्याप्त नहुन पनि सक्छ । यौन तनाव शान्त पार्ने अर्को उपाय नभएको वा नगरिएको स्थितिमा त्यसलाई कम गर्न प्रकृतिले नै दिएको यो यौन–सपना एक स्वाभाविक कुरा हो ।
अर्कोतिर यौनसम्पर्क वा हस्तमैथुन सामान्यरूपमा राखिँदा यो केही कम भए पनि निर्मूल नै नहुन सक्छ । केहीमा पर्याप्त र नियमितरूपमा हस्तमैथुन वा यौनसम्पर्क गरिएकै अवस्थामा पनि यौन–सपना निरन्तर देखिने गरेको पाइन्छ । अनुसन्धानहरूले यौन–सपनालाई ‘टेस्टेस्टेरोन’ नामक हर्मोनको शरीरमा हुने मात्रासँग यौन–सपना देख्ने वा नदेख्ने कुरालाई जोडेका छन् ।यौन–सपना देख्ने व्यक्तिमा ‘टेस्टेस्टेरोन’ को मात्रा बढी हुने देखिएको छ । यौनको दृष्टिकोणले स्वस्थ व्यक्तिमा यो हर्मोन हुन्छ नै तर पनि कुनै व्यक्तिले यौन–सपना नै नदेख्न पनि सक्छ । यौन–सपना देखेर निद्रामै यौन चरमसुख पाउनु अनि यौन–सपना नै नदेख्नु दुवै प्राकृतिक कुरा हो ।
यो पनि पढ्नुहोस् : यौनका विषयमा संसारमा विभिन्न प्रकारका अनुसन्धान भइरहेको छ । भर्खरै अमेरिकाको पेन्सिलवेनिया भएको एक अनुसन्धानले हप्तामा एक देखि दुई पटक यौनसम्पर्क गर्ने व्यक्तिको रोगप्रतिरोधात्मक क्षमता नगर्नेको भन्दा निकै राम्रो हुने देखाएको छ । अनुसन्धानमा सहभागी डाक्टर लरिनका अनुसार नियमित यौनसम्पर्कले महिला तथा पुरुषहरुमा यौन चाहना बढाउछ । उनले यौन सम्पर्कका बेला महिलाको यौनांगमा आउने परिवर्तनबाट योनीको रक्तप्रभावलाई समेत चुस्त बनाउन मद्धत गर्ने बताइन् ।
यसले योनीमा हुनसक्ने संक्रमणबाट बचाउछ । त्यस्तै नियमित यौनसम्पर्क राख्ने महिलामा पिसाव सम्वन्धी रोग लाग्ने सम्भावना समेत कम हुन्छ । विज्ञहरुका अनुसार करीब करीब ३० प्रतिशत महिलामा कुनै न कुनै बेला मुत्रासय सम्वन्धी समस्या हुने गर्छ । यौनसम्पर्कका बेला महिला तथा पुरुषहरुको हिपको भाग बढी संक्रीय हुँदा मुत्रासय ठिक रहने अनुसन्धानकर्ताहरुको भनाईछ ।त्यस्तै यौनसम्पर्क गर्दा व्लड प्रेसर समेत नियन्त्रणमा रहन्छ । सामान्यत व्लड प्रेसर १२०/८० हुनुपर्छ । यसमा माथिल्लो अर्थात सिस्टोलिक १२० र ायस्टोलिक अर्थात तल्लो ८० हुनु पर्छ । तर यौनसम्पर्क पछि सिस्टालिक प्रेशर कम हुन्छ ।
अनुसन्धानकर्ताहरुले यौनसम्पर्क गर्दा एक मिनेटमा पाँच क्यालोरी शक्ति नास हुने बताउछन् । यो ट्रेडमिलमा दौडदा हुने नास जस्तो हो । त्यसो त यौन सम्पर्कको बेलामा सेक्स पार्टनर दुबैको मुटुको धडकन बढछ । त्यस्तै कयौँ मांसपेशीहरुमा रक्तप्रभाव बढने गर्छ । र यसले व्यायम पनि हुन्छ । न्यूजर्सी विश्वविद्यायका अर्का अनुसन्धान बेरी कोमिसरुक भन्छन्, यौनसम्पर्क गर्दा जब तपाई चरमउत्कर्षमा पुग्नुहुन्छ त्यतिवेला तपाईँमा एक हर्मोन पैदा हुन्छ त्यसले सबै खालका दुख पिडाहरु विर्साउछ वा कम गर्छ । अनुसन्धान कर्ताहरुले नियमित यौनसम्पर्क गर्ने महिलाको हिप, खुट्टा, महिनावारी, टाउकोको वा पेटको दुखाई हुने समस्या समेत कम हुने दावी गरेका छन् । त्यसैले उनीहरु भन्छन्, स्वस्थ र सुखी जीवनका लागि हप्ताको एक वा दुईपटक यौनसम्पर्क अनिवार्य छ ।
यो पनि पढ्नुहोस् : निदाइरहेको बेलामा एकपछि अर्को विचार, भावना र संवेदना अचेतनरूपमै मस्तिष्कमा आउनु सपना देख्नु हो । मानव इतिहासमा धेरै प्रयास भए पनि व्यक्तिले किन कुनै किसिमको सपना देख्छ र त्यसको अर्थ के हुन्छ, राम्ररी बुझ्न सकिएको छैन । सपना विभिन्न किसिमका (डरलाग्दो, साहसिक, रमाइलो तथा यौनसम्बन्धी) हुन्छन् । सामान्यतया प्रजनन प्रणालीले राम्ररी कार्य गर्न थालेपछि सेक्स हर्मोनले एकातिर यौनव्यग्रता तथा यौनतनाव बढाउँछ भने अर्कोतिर यस अवस्थामा वीर्यको पनि उत्पादन हुन थाल्छ ।
अनि वीर्यले स्वाभाविकरूपमा बाहिर निस्कने बाटो खोज्छ । यौनचाहना प्रबल हुन थालेपछि एक किसिमको यौनतनाव बढ्न थाल्छ । यसलाई शान्त पार्नु पनि स्वाभाविक कुरा नै हो । हस्तमैथुन वा यौनसम्पर्कबाट यस्तो अवसर मिल्न नसकेको स्थितिमा व्यक्तिले यौन–सपना देख्छ । अनि पुरुषको हकमा सपनामै वीर्यस्खलन हुने र यौन चरमसुख प्राप्तिको स्थितिसम्म पुग्ने हुन्छ । महिलाले त्यस्तो सपना देखेको खण्डमा पनि योनिश्राव हुने र चरमसुख प्राप्त गर्ने हुन्छ ।
यौन तनावलाई शान्त पार्न गरिएको प्रयास वा क्रियाकलाप पर्याप्त नहुन पनि सक्छ । यौन तनाव शान्त पार्ने अर्को उपाय नभएको वा नगरिएको स्थितिमा त्यसलाई कम गर्न प्रकृतिले नै दिएको यो यौन–सपना एक स्वाभाविक कुरा हो ।
अर्कोतिर यौनसम्पर्क वा हस्तमैथुन सामान्यरूपमा राखिँदा यो केही कम भए पनि निर्मूल नै नहुन सक्छ । केहीमा पर्याप्त र नियमितरूपमा हस्तमैथुन वा यौनसम्पर्क गरिएकै अवस्थामा पनि यौन–सपना निरन्तर देखिने गरेको पाइन्छ ।
अनुसन्धानहरूले यौन–सपनालाई ‘टेस्टेस्टेरोन’ नामक हर्मोनको शरीरमा हुने मात्रासँग यौन–सपना देख्ने वा नदेख्ने कुरालाई जोडेका छन् ।यौन–सपना देख्ने व्यक्तिमा ‘टेस्टेस्टेरोन’ को मात्रा बढी हुने देखिएको छ । यौनको दृष्टिकोणले स्वस्थ व्यक्तिमा यो हर्मोन हुन्छ नै तर पनि कुनै व्यक्ले यौन–सपना नै नदेख्न पनि सक्छ । यौन–सपना देखेर निद्रामै यौन चरमसुख पाउनु अनि यौन–सपना नै नदेख्नु दुवै प्राकृतिक कुरा हो । एजेन्सीको सहयोगमा