लगातार उकालो लाग्दै अमेरिकी डलरको भाऊ (सूचीसहित)
काठमाडौंः नेपाली बजारमा साताको पाँचौं दिन आज अमेरिकी डलरसहित प्रायः सबै देशको मुद्राको भाऊ बढेको छ ।
नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११५ रुपैयाँ ५ पैसा रहेको छ भने बिक्रिदर ११५ रुपैयाँ ६४ पैसा रहेको छ ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४७ रुपैयाँ ८५ पैसा र बिक्रिदर १४८ रुपैयाँ ६२ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ३२ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ४९ पैसा रहेको छ ।
साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ६८ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ८४ पैसा रहेको छ । त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ६० पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ७६ पैसा रहेको छ ।
अमेरिकी डलर मुद्रा भाऊ