अर्थ

दराजले तोड्यो नेपालको सबै रेकर्ड

दराजले तोड्यो नेपालको सबै रेकर्ड

काठमाडौँ।  नेपालको बृहत अनलाइन सपिङ साइट दराजले संसारकै सबै भन्दा ठूलो सेल ११.११ सफलतापूर्वक पूरा गरेको छ। दराजले पुरानो वर्षकै रेकर्ड तोड्दै यो वर्ष एक लाख ५० हजार भन्दा बढी समानको व्यापार गरेको हो। जसमध्ये ४० प्रतिशत बुझाइसकेको छ। 

यो वर्षको ११.११ मा दराजले नेपालभर २४ भन्दा बढी सहरबाट अर्डर पाएको थियो। सँगै दराज एप र वेबसाइटबाट तीन लाख ५० हजार बढी प्रयोकर्ताको उपस्थिति थियो। जुन गतवर्षको भन्दा ७५ प्रतिशत बढी हो। साथै सेलको समयमा दराजको वेबसाइट ५२ लाख बढीले भिजिट गरेका थिए। 

११.११ मा तीन हजार बढी बिक्रेता सहभागी थिए भने  ५० हजार बढी उपभोक्ता थिए। सबै भन्दा बढी व्यापार गर्ने ब्रान्डमा शायोमी, सामसङ, एलजी, एडीडास, टाइटन, टीभीएस, सोनाम गियर्स, जे फिशरलगायत थिए। 

अभियान सुरु भएकै १-२ सेकेन्ड भित्रैमा अर्डर आएको छ। एक घण्टामा आठ हजार बढी अर्डर माग्दै रेकर्ड तोडेको कम्पनीको भनाइ छ। 

अलिबाबाद्वारा अधिग्रहण गरिएपछि दराजले सन् २०१८ को नोभेम्बर ११ अर्थात् २०७५ कार्तिक २५ गते नेपालमा पहिलो पटक  ११.११ आयोजना ल्याएको थियो। अलिबाबाले यो वर्षको ११.११ मा ३८ अर्ब डलर भन्दा बढीको व्यापार गरेको छ। 

यो समाचार अन्नपुर्ण पोस्ट दैनिकबाट लिइएको हो।  
  

विशेष