अर्थ

आज घट्यो सुनचाँदीको मूल्य, कतिमा कारोवार हुदैछ ?

आज घट्यो सुनचाँदीको मूल्य, कतिमा कारोवार हुदैछ ?

काठमाडौंः नेपाली बजारमा शुक्रवार सुनको मूल्य घटेको छ ।  

विहीबार ७२ हजार पुगेको सुन आज २ सयले घटेर प्रतितोला ७१ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, विहीवार ७१ हजार ७ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन आज प्रतितोला ७१ हजार ५ सय रुपैयाँ पुगेको छ ।  

आज चाँदी भाऊ पनि घटेको छ । विहीवार ८ सय ६० मा कारोवार भएको चाँदी शुक्रवार प्रतितोला ८ सय ५५ रुपैयाँमा कारोवार भइरहेको महासंघले जनाएको छ ।    

सुनचाँदी नेपाल सुनचाँदी व्यवसायी महासंघ

विशेष