अर्थ

आज घट्यो सुनको मूल्य, कतिमा कारोवार हुँदैछ ?

आज घट्यो सुनको मूल्य, कतिमा कारोवार हुँदैछ ?

काठमाडौंः नेपाली बजारमा सोमवार सुनको मूल्य घटेको छ ।

आइतवार प्रतितोला ७१ हजार ८ सय पुगेको सुनको मूल्य सोमवार प्रतितोला ७१ हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आइतवार प्रतितोला ७१ हजार ५ सय रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्य आज २ सयले घटेर प्रतितोला ७१ हजार ३ सय निर्धारण गरिएको छ । 

आज चाँदीको मूल्य पनि घटेको छ । सोमबार ५ रुपैयाँ घटेर आज चाँदी प्रतितोला ८ सय ५० रुपैयाँ कारोबार भइरहेको महासंघले जनाएको छ ।     

 नेपाल सुनचाँदी व्यवसायी महासंघ

विशेष