अर्थ

फेरि उकालो लाग्यो सुनचाँदीको मूल्य

फेरि उकालो लाग्यो सुनचाँदीको मूल्य

काठमाडौंः नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । 

सोमबार ७१ हजार ६ सयमा कारोबार भएको सुन आज भने बढेर प्रतितोला ७२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, सोमबार ७१ हजार ३ रुपैयाँ रहेको तेजावी सुन मंगलबार भने प्रतितोला ७१ हजार ७ सय रुपैयाँ पुगेको छ ।   

आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार ८ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला ८ सय ६० रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।     

सुनचाँदी सुनचाँदी व्यवसायी महासंघ

विशेष